माघ ३ गते बायोमेट्रक रजिष्ट्रेशन (Biometric registration), आवेदन दर्ता/ Visit Date भएकाहरुको नामावली।
पुनश्च :
१. माघ १ र २ गते सार्वजनिका बिदा भएका कारण माघ १ , २ र ३ गते Visit Date भएकाहरुको मिति २०७९/१०/०३ गतेका लागि मात्र हुनेगरि Visit Date सारिएको हुँदा कार्यालयमा अनिवार्य उपस्थित भई दर्ता गरिदिनुहुन अनुरोध छ अन्यथा पुन फारम भरी आउनुपर्नेछ।
२. दर्ता गर्न आउँदा सक्कल नागरिकता अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ बरु नागरिकताको फोटोकपी र हुलाक टिकट आवश्यक नपर्ने ( दर्ताका लागि) ।
३. कार्यालयले नि:शुल्क उपलब्ध गराएको पार्किङ लटमा आफ्नो साधन पार्किङ गरि कार्यालयमा प्रबेश गरिदिनुहुन अनुरोध छ।
४. बर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भै राजश्व बुझाएमा लिखित परिक्षा भोलिपल्ट विहान ११ वजे र बर्ग B-Car, Jeep, Delivery Van का लागि दर्ता भै राजश्व वुभाएमा शुक्रबार विहान ९ वजे लिखित परिक्षा हुनेछ थप बर्गका लागि लिखित परिक्षा दिनु नपर्ने (ट्याक्टरको लाइसेन्स भएकाहरु बाहेक) ।
५. Reference नम्बर नभएकाहरुले सहायता कक्ष/ Help desk/ सोधपुछ गर्ने ठाँउ/ (झ्याल नंम्वर ३) वाट Reference नम्बर लिन सक्नुहुनेछ।
थप जानकारी / फाइल डाउनलोड