वर्ग B को ट्रायलको लागि नाम छुटेका आवेदकहरूको पुनः प्रकाशित नामावली (मिति २०८०।०७।१९ गतेदेखि मिति २०८०।०७।२२ गतेसम्म वर्ग थपको लागि दर्ता भई राजश्व जम्मा गरेका र नयाँ दर्ता बर्ग B-Car, Jeep, Van का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०८।०६ गते बुधबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।)
पुनश्चः
१. मिति २०८०।०७।१९ गतेदेखि मिति २०८०।०७।२२ गतेसम्म वर्ग थपको लागि दर्ता भई राजश्व जम्मा गरेका र नयाँ दर्ता बर्ग B-Car, Jeep, Van का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।०८।०४ गते सोमबार वा ०५ गते मंगलबार ट्रायल हुनुपर्नेमा प्राविधिक कारणले नाम छुट हुन गएका आवेदकहरूको ट्रायल मिति २०८०।०८।०६ गते बुधबार बिहान १०.०० बजेबाट हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. वर्ग B को ट्रायल परीक्षा मिति २०८०।०८।०४, ०५ र ०६ गते तीन दिन हुने हुँदा आआफ्नो पालो परेको दिनमा मात्रै कार्यालयमा उपस्थित हुनुहोला। प्रकाशित नामावलीमा आफ्नो नाम छुट्न गएमा वा कुनै त्रुटी फेला परेमा परीक्षा हुनुभन्दा कम्तिमा १ दिन अगावै कार्यालयमा सम्पर्क राख्नुहोला।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
७. फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
थप जानकारी / फाइल डाउनलोड