मिति २०७९/०५/१६ गते बिहिबार र मिति २०७९/०५/१७ गते शुक्रबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०५/२२ गते बुधबार हुनेछ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. बर्ग B का परीक्षार्थीहरुको रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९/०५/२२ गते बुधबार (यसपाली एकैदिन मात्र) हुने हुँदा ट्रायल दिन आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड