मिति २०७९।०६।११ गते मंगलबार trial हुने बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०६/०२ गते देखि मिति २०७९/०६/०५ गते सम्म बर्ग थप बर्ग B-Car, Jeep, Van का लागि राजश्व बुझाएर बसेका तथा मिति २०७९/०६/०७ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९।०६।०९ गते आईतबार र मिति २०७९।०६।११ गते मंगलबार ट्रायल हुनेछ।दुई दिन मध्य मिति २०७९।०६।११ गते मंगलबार बर्ग B-Car, Jeep, Van को ट्रायल परीक्षा हुने परिक्षार्थीहरु नामावली यससाथ प्रकाशित गरिएको छ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. बर्ग B-Car, Jeep, Van का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा हुने मिति २०७९।०६।०९ गते आईतबार र मिति २०७९।०६।११ गते मंगलबार भएको हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड