मिति २०७९।०८।१९ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०७/२७ गते देखि मिति २०७९/०८/१४ गते सम्म बर्ग थप बर्ग A-Motorcycle का लागि राजश्व बुझाएका तथा मिति २०७९।०८।१४ गते, मिति २०७९।०८।१४ गते र मिति २०७९।०८।१५ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९।०८।१९ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ७.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. सोमबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या (५७५+२०२=७७७) धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने बाइकबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
६. ट्रायलमा सहभागि हुने परीक्षार्थीहरुको संख्या अत्यधिक भएको कारण यसपालि ट्रायल परिक्षा विहान ७ वजे वाट संचालन हुनेछ।
थप जानकारी / फाइल डाउनलोड