मिति २०७९।०९।२८ गते बर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भै राजश्व वुभाई मिति २०७९।०९।२९ गते लिखित परीक्षा हुने बर्ग A-Motorcycle / K- Scooter का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : विहान १०.३० बजे देखि १२.०० बजेसम्म मात्र ।
२.दिउसो १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.लिखित परीक्षाको हाँजिरी र परिक्षा कोठा नंम्बर २२ मा हुनेछ।
४.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
५.उत्तरपुस्तिकामा प्रश्नपत्र सेट, आवेदक नम्वर( APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
६.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
७.लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने छ।
८.लिखित परीक्षामा फेल/अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
९.यस वेबसाइटको प्रकाशनमा राखिएको बर्ग A/K का ५०० वटा प्रश्नहरुबाटमात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
१०.लिखित परीक्षाको नतिजा शुक्रबार बेलुका www.dlo.gandaki.gov.np मा प्रकाशित गरिनेछ।
११. बर्ग A/K को लिखित परिक्षा बर्ग B को लिखित परिक्षा समाप्त भएपछि हुनेछ।
थप जानकारी / फाइल डाउनलोड