मिति २०७९/१२/०६ गते सोमबार वर्ग A-Motorcycle, Scooter, Moped को ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ।
मिति २०७९/११/२८ गते देखि मिति २०७९/१२/०१ गते सम्म बर्ग थप बर्ग A-Motorcycle, Scooter, Moped का लागि राजश्व बुझाएका तथा मिति २०७९।११।२९ गते, मिति २०७९।११।३० गते, २०७९।१२।०१ गते, २०७९।१२।०२ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भएका परिक्षार्थीहरुको परीक्षा मिति २०७९/१२।०६ गते सोमबार र मिति २०७९/१२।०७ गते मंगलबार हुनेछ। दुई दिन मध्ये मिति २०७९/१२।०६ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle, Scooter, Moped का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान १२.३० बजेसम्म मात्र ।
२. विहान १२.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. बर्ग A-Motorcycle, Scooter, Moped का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा हुने मिति २०७९।१२।०६ गते सोमबार र मिति २०७९।१२।०७ गते मांगलबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
६. सोमबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने स्कुटरबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
७. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड