मिति २०८०।०१।१७ गते देखि मिति २०८०।०१।२० गते सम्म नयाँ दर्ता बर्ग A-Motorcycle का लागि राजश्व बुझाएर लिखित परीक्षामा पास भई मिति २०८०।०१।२५ गते सोमबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. हाजिरी हुने समय : विहान १०.०० बजेदेखि विहान १२.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. बर्ग A-Motorcycle को ट्रायल मिति २०८०।०१।२५ गते सोमबार र मिति २०८०।०१।२६ गते मंगलबार हुने हुँदा आआफ्नो पालो परेको दिनमा आउनुहोला।
४. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
५. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
Download File
थप जानकारी / फाइल डाउनलोड