प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१०।१७ गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।

प्रकाशित मिति: २०८० माघ १६ गते, मङ्गलबार (January 30, 2024, Tuesday)

वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१०।१७ गते बुधबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. कार्यालय समयभित्र राजश्व तिर्न ढिला भई अनलाइन मार्फत राजश्व तिरेका आवेदकहरूको नाम प्रकाशित नामावलिमा समावेश हुन नसकेको भएमा निजहरूको हकमा लगत्तै अर्को दिन हुने लिखित परीक्षामा नाम समावेश गरी नामावली प्रकाशन गरिनेछ।
२. लिखित परीक्षा बिहान १०.३० बजेबाट सुरु हुनेछ। परीक्षा सुरु हुनुभन्दा १० मिनेट ढिला उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४.लिखित परीक्षाको हाँजिरी र परिक्षा परीक्षाहलमा हुनेछ। लिखित परीक्षाको नामावलीमा प्रकाशित क्रमअनुसार हाँजिर हुनुपर्नेछ। तसर्थ हाँजिरको लागि लाइन बस्दा आफ्नो क्रमअनुसार बस्ने र सोही अनुसार आफ्नो क्रममा हाँजिर गर्नुपर्नेछ। आफ्नो क्रममा उपस्थित नहुने परीक्षार्थीको हाँजिर अन्तिममा गराइनेछ। हाँजिर गर्ने क्रममा आफ्नो पालो नआउँदासम्म सहनशील भइ कोठा नम्बर २२ अगाडि लाइनमा बसिदिनुहुन अनुरोध छ।
५.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
६.उत्तरपुस्तिकामा प्रश्नरपत्र सेट, आवेदक नम्वर APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
७.लिखित परीक्षामा फेल भएमा पुनः लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
८.यस वेबसाइटको प्रकाशनमा राखिएको प्रश्न हरुबाट मात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
९.Play Store तथा App Store मा लिखित सम्बन्धी केही महत्त्वपूर्ण application भएको हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षा को तयारी गरी आउनुहुन अनुरोध छ।
१०.लिखित परीक्षाको नतिजा र ट्रायल सम्बन्धी सूचना शुक्रबार बेलुका ३.०० बजे dlo.gandaki.gov.np मा प्रकाशित गरिनेछ।
११. नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।११।२९ गतेदेखि मिति २०८०।१२।०२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र